सफल्ताको शुत्रमा एउटा यो कुरा पनि आउनुपर्छ।
आफू सफल हुन,पहिले अरुलाई सफल बनाउनुपर्छ।
गरिबको घरमा संसार नभेटिएला संस्कार भेटिन्छ
हामीलाई उभिन पनि अझै अरुकै हात समाउनुपर्छ।
उस्तै देखिन्छन् देखिन त सलाईका काँटीहरु पनि
कुनैले दियो जलाउँछन्,कुनैले आफ्नै घर जलाउनुपर्छ।
उचाईमा बसेर मात्रै पुग्छ, यो नसोचियोस् महाशय
आकाश हुनका लागि छाती पनि फराकिलो बनाउनुपर्छ।
- युवराज अवशेष
0 Comments