Ticker

6/recent/ticker-posts

स्वार्थ

 



म सोचि बस्छु,

उसले सधैँभरि 

रेटेर शरिरलाई छियाछिया बनाउँदा पनि;

जीन्दगीको गन्तब्य एउटै हुँदाहुदैँ पनि-

जीन्दगीभर छुट्टाछुट्ठै हिँडेर;

हरेक चोटी बाटो बिराउँदा

सम्झाउने, सम्हाल्ने ऋणै खाएझै गरी

सम्झाइदिएर, सम्हालिदिएर पनि;

कस्ता  स्वार्थ भरिएका हुने रहेछन् र?

यी दुई किनारहरुमा,

जसका कारणले वर्षौँदेखि,

यो नदिलाई सागरसम्म 

पुर्याइरहेका छन्।



Post a Comment

0 Comments