Ticker

6/recent/ticker-posts

हर बार घोच्ने गर्छन्..






गजल~ ०३

  हर बार घोच्ने गर्छन्  यतिसम्म धारिला छन्।
  उस्का हरेक यादहरुमा पनि लाग्छ किला छन् ।।

एक म छु, सङघर्षलाई नै आफ्नो जीवन मान्ने,
जीवनलाई सङघर्ष  मान्ने बाँकी  कमिला छन् ।।

आयोडिन बनाएर कर्णालीको भोक मेटाउनुपर्छ
         सरकार प्रसोधन गर मेरा आँशुहरु नुनिला छन् ।।      

सबै बुझेर पनि जिन्दगी नबुझेकाहरु छन् कति,
   र,जिन्दगीका परिभाषाहरु पनि केहि बोझिला छन्।।

दुई चार अरुका गजल आफ्नो भन्दै हिँड, पुग्छ
     यहाँका चर्चित बन्ने उपायहरु साह्रै सजिला छन् ।।

-© युवराज अवशेष



Post a Comment

0 Comments