Ticker

6/recent/ticker-posts

तिमीलाई छातीमा टेकेर

                                            

                


तिमीलाई छातीमा टेकेर जीउने अवसर बनोस्|
म चाहान्छु मेरो चिहान माथि तिम्रो घर बनोस् ||

फोटो खिच्ने आदत हुनेले किनारमा बसेर खिचूँन्
बग्दै बग्दै गएर अन्त्यमा मेरो रगत सागर बनोस् ||

तिम्रै पाउले कुल्चिएर मर्ने एउट अन्तिम ईच्छा छ ,
कुल्चिदेऊ मेरो रहर बनोस्, तिम्रो कदर बनोस् ||

हजुरले पुज्नु भोभन्दैमा मैले मेरो कर्तब्य भुल्नुहुदैन,
म एउटा पत्थर हूँ मैले छुंदा पनि ठक्कर बनोस् ||

छोराले मलाई खुसी राख्न केही गर्नुपर्ने छैन अरु
उसका हरेक ईच्छा मेरो हैसियत बराबर बनोस् ||

भूँईको धुलोलाई हजुरले आँखामा राखिदिनु भो,
नानी बन्ने त मेरो औकात छैन, कसिंगर बनोस् ||

© युवराज अवशेष

Post a Comment

0 Comments