१) प्यासी मन,
छेउमै सागर छ,
पिउन गाह्रो ।
२) झरेको फूल,
निर्दयी
बनिदिन्छ,
मुटुको माया
।
३) उनै विजयी,
जो आफैमा हारेका,
चुनावी फल ।
४) परेवा उडयो,
बुद्धको देशबाट,
शान्ति बोकेर ।
५) बजारमा छ,
हुनेहरुको चर्चा,
म परेँ
नहुने ।
-© युवराज "अवशेष"
0 Comments