Ticker

6/recent/ticker-posts

धेरैले भनेको सुनियो..



                



                                     गजल~०१


धेरैले भनेको सुनियो यो जीन्दगीलाई काम नभएको ।
  मोतीलाई देखेपछि केबल सागरमा लिलाम नभएको।। 

ऊ भन्दा पछि हिँडेकाहरु सबैले भेटाई सकेका छन्
 सडक हो अझै मंंजिल नपाएको ,आराम नभएको।। 

छाडा भएका छन्,हर दिन तनाब दिन्छन्  धर्तीलाई,
घामका किरणले नि फाईदा उठाउँछन् लगाम नभएको।। 

दुखलाई नि दुख भनिएन तिमी पाउन,तापनि केही छैन
अक्सर सजिलै कहाँ पाईन्छ र चिज ? तमाम नभएको।। 

ठोकिएर कयौं नांगा गोडाहरुलाई चप्पल सम्झाए पनि 
आखिर कहिल्ये पो छ र पत्थर आफू बदनाम नभएको ।। 


© युवराज अवशेष





Post a Comment

0 Comments